जसपाको कोसी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

1.1k Shares

काठमांड़ौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको हलमा आयोजित दुईदिवसीय प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वा, केन्द्रीय सदस्यहरु राजकुमार राई, अर्जुन थापा र लिला सिटौलाले प्रशिक्षण दिनुभयो ।

प्रशिक्षण कोसी प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेताहरु, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृ संगठनका प्रतिनिधिहरु सहभागी रहनु भएको थियो ।

जसपाले गत भदौदेखि सुरु भएको ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानलाई निरन्तरता दिइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार सबै

सोसलिष्ट मीडिया ग्रुपद्वारा सञ्चालित www.socialistpost.com यो अनलाइन न्यूज पोर्टल समसामयिक राजनीतिक बिषयमा कलम चलाउने अभिप्रायका साथ सुरुवात गरिएको हो । नेपालमा चलिरहेकोे राजनीतिक घटनाक्रमलाई जस्ताको त्यस्तै आम जनता समक्ष पस्किने उद्देश्यले व्यावसायिक सञ्चाकर्मीहरुको सक्रियतामा सुरु गरिएको हो ।

2025 Socialist Post All Rights Reserved. Developed By Rudra Digital Corp.