प्रमोद अग्रहरी र मलिका महत अभिनित ‘पगला घोडा’ पुस १२ देखि मञ्चन हुने

911 Shares

काठमाडौं १, पुस । मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ पुस १२ गतेदेखि मञ्चन हुने भएको छ ।

थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जनाइएको छ । शनिबार भने दुई शो हुनेछ ।

भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटकलाई नेपाली भाषामा अनुवाद गरी मञ्चन गर्न लागिएको हो । नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् ।

पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाको विषयवस्तुलाई प्रस्तुत गरेर समाजमा चेतना जगाउने उद्देश्यले नाटक मञ्चन गर्न लागिएको श्रेष्ठले बताए ।

नाटकमा प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय रहनेछ ।

सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् । ‘पगला घोड’को नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार सबै

सोसलिष्ट मीडिया ग्रुपद्वारा सञ्चालित www.socialistpost.com यो अनलाइन न्यूज पोर्टल समसामयिक राजनीतिक बिषयमा कलम चलाउने अभिप्रायका साथ सुरुवात गरिएको हो । नेपालमा चलिरहेकोे राजनीतिक घटनाक्रमलाई जस्ताको त्यस्तै आम जनता समक्ष पस्किने उद्देश्यले व्यावसायिक सञ्चाकर्मीहरुको सक्रियतामा सुरु गरिएको हो ।

2025 Socialist Post All Rights Reserved. Developed By Rudra Digital Corp.