मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, कांग्रेस र नागरिक उन्मुक्ति (रेशम पक्षधर) सांसदद्वारा बैठक बहिष्कार

409 Shares

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।

कांग्रेस र नागरिक उन्मुक्ति (रेशम चौधरी पक्षधर) र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । बैठक सुरु हुनेबित्तिकै विरोधसहित उनीहरूले नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख भीमबहादुर भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् । बैठक विपक्षीविहीन रहेको थियो । बैठकमा २८ जना सहभागी भएका थिए ।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार सबै

सोसलिष्ट मीडिया ग्रुपद्वारा सञ्चालित www.socialistpost.com यो अनलाइन न्यूज पोर्टल समसामयिक राजनीतिक बिषयमा कलम चलाउने अभिप्रायका साथ सुरुवात गरिएको हो । नेपालमा चलिरहेकोे राजनीतिक घटनाक्रमलाई जस्ताको त्यस्तै आम जनता समक्ष पस्किने उद्देश्यले व्यावसायिक सञ्चाकर्मीहरुको सक्रियतामा सुरु गरिएको हो ।

2025 Socialist Post All Rights Reserved. Developed By Rudra Digital Corp.