काठमाड़ौ २७, पौष। जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी शेर्पा संघको केन्द्रीय समिति पुनर्गठन भएको छ।
शनिबार काठमाड़ौमा आयोजित एक समारोहमा काजी शेर्पाको अध्यक्षतामा २३ सदस्सीय सर्वसम्मत शेर्पा संघको केन्द्रिय समिति चयन भएको हो ।
नव निर्वाचित शेर्पा संघको केन्द्रीय समितिलाई कार्यक्रमको प्रमुख वक्ता जसपा नेपालका सहअध्यक्ष रकम चेमजोंग लगायतका नेताहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका छन।

