ट्रम्प - मोदी वार्ता– आतंकवादी आक्रमणलाई सिधै युद्धका रुपमा लिइनुपर्छ

156 Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार कुराकानी भएको छ। टेलिफोनमा करिब ३५ मिनेट भएको कुराकानीमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेसन सिन्दुर र आंतकबादका विषयमा कुरा गरेका थिए।

विदेश सचिव विक्रम मिश्रीले फोनवार्ताकाबारेमा जानकारी दिँदै ट्रम्पलाई मोदीले अपरेसन सिन्दुर र आतंकवादका विषयमा कुरा गरेको तर व्यापारका विषयमा कुरा नभएको बताए।

उनले मोदीले पाकिस्तानकै आग्रहमा युद्धबिराम गरेको बताएको मिश्रीले जानकारी दिए। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले भने पटक-पटक आफ्नो आग्रहमा भारत–पाकिस्तान द्वन्द्व रोकिएको बताउँदै आएका छन्।

विदेश सचिवले राष्ट्रपति ट्रम्पले पहलगाम हमलामा मारिउकाहरूप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री मोदीप्रति समवेदना व्यक्त गरेका थिए। उक्त हमलामा २६ जनाको हत्या भएको थियो।

जी-७ देशहरुको बैठकका दौरान दुइ नेताबीच भेटघाट हुने कार्यतालिका रहेको थियो। तर ट्रम्प बिचमै बैठक छाडेर अमेरिका पुगेपछि उनकै आग्रहमा मोदीसँग टेलिफोन वार्ता भएको विदेश सचिवले मिश्रीले जानकारी दिए।

मोदीले आतंकवादविरुद्ध सिधा युद्ध हुने बताउँदै आतंकवादकाविरुद्ध जस्तोसुकै युद्ध लड्नका लागि तयार रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार सबै

सोसलिष्ट मीडिया ग्रुपद्वारा सञ्चालित www.socialistpost.com यो अनलाइन न्यूज पोर्टल समसामयिक राजनीतिक बिषयमा कलम चलाउने अभिप्रायका साथ सुरुवात गरिएको हो । नेपालमा चलिरहेकोे राजनीतिक घटनाक्रमलाई जस्ताको त्यस्तै आम जनता समक्ष पस्किने उद्देश्यले व्यावसायिक सञ्चाकर्मीहरुको सक्रियतामा सुरु गरिएको हो ।

2025 Socialist Post All Rights Reserved. Developed By Rudra Digital Corp.